२०७७ माघ ८, बिहिबार | Thu, 21, Jan, 2021

नेपालमा कोरोना : थप ५५४ जनामा संक्रमण पुष्टि, ६ जनाको मृत्यु

  • २०७७ पौष २४, शुक्रबार मा प्रकाशित १ हफ्ता अघि
  • नेपालमा पछिल्लो २४ घण्टामा ५५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६४ हजार १५९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण ६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार ९०९ पुगेको छ ।

    नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या ५८५ रहेको छ ।योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ५७ हजार २२९ पुगेको छ।

    हाल नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार २१ रहेको छ ।अहिलेसम्म नेपालमा १९ लाख ७४ हजार ५६१ वटा पीसीआर नमूना परीक्षण भएका छन् ।नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या ३३८ रहेको छ ।

    प्रतिक्रिया दिनुहोस


    नयाँ