२०७७ माघ ८, बिहिबार | Thu, 21, Jan, 2021

डोनाल्ड ट्रम्पको ट्विटर अकाउन्ट स्थायी रुपमा निलम्बित

  • २०७७ पौष २५, शनिबार मा प्रकाशित १ हफ्ता अघि
  • वासिङ्टन – माइक्रो ब्लगिङ सामाजिक सञ्जाल ट्वीटरले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको ट्वीटर एकाउन्ट लाई स्थायी प्रतिबन्ध लगाइदिएको छ । ट्रम्प @realDonaldTrump हेण्डलमार्फत ट्विटर चलाउँथे ।

     

    ट्वीटरले यसबारे जानकारी दिँदै भनेको छ- ‘उनले हालै गरेका ट्वीटलाई सूक्ष्म तरिकाले समीक्षा गर्दै र हालको घटनालाई मध्यनजर गर्दै हिंसा भड्काएको र जाखिमका कारण हमीले राष्ट्रपति ट्रम्पको अकाउन्ट स्थायी रुपमा प्रतिबन्ध गरिदिएका छौं ।’ यसअघि ट्वीटरले गत ६ जनवरीका दिन ट्रम्पको ट्वीटर हेण्डललाई १२ घण्टाका लागि ब्लक गरिदिएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    नयाँ