२०७७ माघ १५, बिहिबार | Thu, 28, Jan, 2021

आइतबार सुनको मूल्यमा भारी गिरावट

  • २०७७ पौष २६, आईतबार मा प्रकाशित २ हफ्ता अघि
  • आज (आइतबार) सुनकाे मूल्य घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गएकाे शुक्रबार ९५ हजार ३ सयमा काराेबार भएकाे छापावाला सुन आज २ हजार ३ सयले घटेर प्रतिताेला ९३ हजारमा काराेबार भइरहेकाे छ ।

    यस्तै तेजाबी सुनकाे मूल्य आज ९२ हजार ५ सय ताेकिएकाे छ । शुक्रबार तेजाबी सुन ९४ हजार ८ सयमा काराेबार भएकाे थियाे ।

    आइतबार चाँदीको मुल्य पनि घटेकाे छ । महासंघका अनुसार आज चाँदी ६० रुपैयाँ घटेर एक हजार दुई सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस


    नयाँ