राष्ट्रिय क्रिकेट खेलाडी कुन्दन सिंहकाे आइतबार निधन भएकाे छ । दुवै मिर्गौला खराब भएर लामाे समयदेखि उपचाररत सिंहकाे २४ वर्षकाे उमेरमा निधन भएकाे हाे ।
कुन्दनलाई सहयोग गर्न सरकारले चासो नदेखाएपछि जिल्ला क्रिकेट सङ्घ धनुषाका उपाध्यक्ष शोभाकान्त पाण्डेकाे अगुवाइमा जनकपुरमा ’कुन्दन बचाऊ अभियान’ समेत चलाएर झण्डै सात लाख रुपैयाँ सङ्कलन गरी उनकाे उपचारमा सहयोग गरिँदै आएकाे थियाे ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले पनि कुन्दनकाे निधनप्रति दुःख व्यक्त गरेकाे छ ।
प्रतिक्रिया दिनुहोस