२०७७ माघ १५, बिहिबार | Thu, 28, Jan, 2021

देशभर २४ घण्टामा २५९ कोरोना संक्रमित थपिए

  • २०७७ पौष २६, आईतबार मा प्रकाशित २ हफ्ता अघि
  • नेपालमा पछिल्लो २४ घण्टामा थप २५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६४ हजार ७८० पुगेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

    मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ४ हजार ४२२ रहेको छ ।

    नेपालमा पछिल्लो २४ घण्टामा थप ५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

    योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १९१७ पुगेको छ ।

    प्रतिक्रिया दिनुहोस


    नयाँ