छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण तिब्र गति बढीरहेको भए पनि पछिल्ला केहि दिनमा घट्दै गएको देखिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट १६१ जनाको मृत्यु भएको छ ।
भारतमा अहिले कुल मृत्यु हुनेको संख्या एक लाख ५१ हजार नाघेको छ । भारतमा अहिलेसम्म मृत्यु हुनेको संख्या एक लाख ५१ हजार १६० पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा १६ हजार ३११ जना संक्रमित पुष्टि भएको छ । यो सँगै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या एक करोड नाघेको छ । भारतमा कुल संक्रमित एक करोड ४ लाख ६६ हजार ५९५ पुगेको छ ।
भारत अहिले धेरै संक्रमित हुने देशको सुचीमा अमेरिकापछि दोस्रो स्थानमा रहेको छ ।त्यस्तै भारतमा अहिलेसम्म एक करोड ९२ हजार ९०९ जना संक्रमण मुक्त भएका छन् भने पछिल्लो २४ घण्टामा १९ हजार २९९ जना संक्रमण मुक्त भएको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ ।
त्यस्तै अहिले भारतमा २ लाख २२ हजार ५२६ कोरोना संक्रमित विरामी उपचारत रहेका छन् ।त्यस्तै भारतमा अहिलेसम्म कुल १८ करोड १७ लाख ५५ हजार ८३१ नमुना परिक्षण गरिएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा ६ लाख ५९ हजार २०९ नमुना परिक्षण गरिएको इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस