२०७७ माघ १५, बिहिबार | Thu, 28, Jan, 2021

आज पनि घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

  • २०७७ पौष २७, सोमबार मा प्रकाशित २ हफ्ता अघि
  •  नेपाली बजारमा आज पनि पहेंलो धातु सुनको मूल्य घटेको छ ।

    छापावाला सुन आइतबार प्रतितोला २३ सय रूपैयाँले घटेकोमा आज पनि ८०० रूपैयाँले घटेको हो । आइतबार ९३ हजार रूपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ९२ हजार २०० रूपैयाँमा कारोबार भइरहेको छ ।

    यस्तै तेजाबी सुन आज प्रतितोला ९१ हजार ७०० रूपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ४० रूपैयाँले घटेर एक हजार २३० रूपैयाँमा कारोवार भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस


    नयाँ