२०७७ माघ १५, बिहिबार | Thu, 28, Jan, 2021

नेपाल–दाहाल निर्बाचन आयोगमा, निर्बाचनको तयारी रोक्न माग

  • २०७७ पौष २७, सोमबार मा प्रकाशित २ हफ्ता अघि
  •  निर्बाचन आयोगले निर्बाचनको तयारी सुरुगरेपछि त्यसलाई रोक्नु पर्ने माग गर्दे नेकपा नेपाल–दाहाल समुहका अध्यक्षहरु  माधब कुमार नेपाल र पुष्पकमल दाहाल निर्बाचन आयोग पुग्नु भएको छ । सर्बोच्च अदालतमा रिट बिचाराधिन रहेको अबस्थामा  निर्बाचनको प्रक्रिया अगाडी बढाएपछि त्यसलाई रोक्न माग गर्न अध्यक्षहरु आयोग जानुभएको नेकपा नेता खिमलाल देबकोटाले जानकारी दिनुभयो ।

    यसैगरी आयोगले नेकपामा दुबै समुहलाई थप काजपत्र पेश गर्न पत्राचार गरेपछि त्यस बिषयमा पनि आयोग पदाधिकारीहरु संगकुरा हुने उहाले जानकारी दिनुभयो । हाल सर्बोच्च अदालतमा बिचाराधिन रहेको प्रतिनिधिशभा बिघटन सम्बनिध मुद्धाको टुङ्गो लाग्न केही समय लाग्ने अबस्था रहे पनि  निर्बाचन तयारीको काम तत्काल रोक्नु भन्ने अन्तरिक आदेश जारी नभएका कारण आयोगले तयारी सुरु गरेका हो ।

    प्रतिक्रिया दिनुहोस


    नयाँ