२०७७ माघ १५, बिहिबार | Thu, 28, Jan, 2021

बिन्धवासिनी म्युजिक प्रालिकी अध्यक्ष पक्राउ

  • २०७७ पौष २८, मंगलबार मा प्रकाशित २ हफ्ता अघि
  • बिन्धवासिनी म्युजिक प्रालिकी अध्यक्ष लिना शर्मा रेग्मी पक्राउ परेकी छन्।

    प्रतिलिपि अधिकार उल्लंघन गरेको आरोपमा महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई हिजो (सोमवार) पक्राउ गरेको हो ।

    गायक प्रमोद खरेललगायतका ५७ जना कलाकारले महानगरीय प्रहरी परिसर काठमाडौंमा प्रतिलिपि अधिकार उल्लंघनमा उनीविरुद्ध जाहेरी दिएका थिए ।

    सोही जाहेरीको आधारमा प्रहरीले जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिएपछि पक्राउ गरेको हो ।

    प्रतिक्रिया दिनुहोस


    नयाँ