२०७७ माघ १५, बिहिबार | Thu, 28, Jan, 2021

डंगाेललाई करातेकाे मुख्य प्रशिक्षककाे जिम्मेवारी

  • २०७७ पौष २८, मंगलबार मा प्रकाशित २ हफ्ता अघि
  • हिरा सिंह डंगोलले करातेको मुख्य प्रशिक्षकको जिम्मेवारी पाएका छन् . राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिव स्तरीय निर्णय अनुसार डंगोललाई साेमबार करातेको मुख्य प्रशिक्षकको जिम्मेवारी दिइएको हाे ।

    राखेपका तालिम तथा प्रशिक्षण विभागका प्रमुख अर्जुनबहादुर विकले मंगलबार डंगोललाई नयाँ जिम्मेवारीको पत्र हस्तान्तरण गरेका हुन् ।

    काठमाडौं जिल्ला खेलकुद विकास समितिमा नायव वरिष्ठ प्रशिक्षकका रुपमा कार्यरत डंगोलले अब तालिम तथा प्रशिक्षक विभागमा नायव वरिष्ठ प्रशिक्षककाे रुपमा रही कार्य गर्नेछन् ।

    डंगोलले यसअघि विभिन्न पटक राष्ट्रिय कराते टोलीको प्रशिक्षकको जिम्मेवारी निर्वाह गरिसकेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    नयाँ