२०७८ बैशाख ७, मंगलबार | Tue, 20, Apr, 2021

बाजुरामा ३ नाल भरुवा बन्दुकसहित पक्राउ

  • २०७७ पौष २८, मंगलबार मा प्रकाशित ३ महिना अघि
  • बाजुराको बडिमालिका नगरपालिका-३ रजालीबाट ३ नाल भरुवा बन्दुक, भरुवा बन्दुकमा लाग्ने फलाम काटेर बनाएको ३९ वटा टुक्रा, ४ डिब्बा बारुद, फलामको बन्दुकको १ थान नाल र भरुवा बन्दुकको १ थान चाप सहित ४ जनालाई सोमवार साँझ प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरुमा बडिमालिका नगरपालिका-३ बस्ने ४५ वर्षीय नन्दु ल्वार, ४० वर्षीय बीरभाने ल्वार, सोही नगरपालिका-८ बस्ने ३० वर्षीय बल बहादुर थापा र ३० वर्षीय डम्बर थापा रहेका छन् ।

    विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त हतियारसहित पक्राउ गरेको हो ।

    यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

    प्रतिक्रिया दिनुहोस


    नयाँ