गएको २४ घण्टामा देशका विभिन्न सात स्थानमा भएको आगलागीमा परी दुई जनाको मृत्यु भएको छ भने लाखौंको धनमाल क्षति भएको छ।
राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बर्दिया, झापा, रोल्पा, प्युठान, महोत्तरी, मोरङ र सल्यानमा आगलागी भएको हो।
प्राधिकरणका अनुसार गत वैशाखदेखि हालसम्म देशभर आगलागीक एक हजार४४९ घटना भएका छन्। जसमा ४५ जनाको मृत्यु भएको छ भने २५३ जना घाइते भएका छन्।
प्रतिक्रिया दिनुहोस