२०७७ माघ ८, बिहिबार | Thu, 21, Jan, 2021

पीएम कप क्रिकेटका लागि सुदूरपश्चिम प्रदेशकाे टिम घाेषणा

  • २०७७ पौष २८, मंगलबार मा प्रकाशित १ हफ्ता अघि
  • प्रधानमन्त्री (पीएम) कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियाेगिताकाे लागि सुदूरश्चिम प्रदेशकाे टिम घोषणा भएकाे छ । सन्ताेष भट्टकाे कप्तानीमा १४ सदस्यी टाेली घाेषणा भएकाे हाे । प्रशिक्षकमा विरेन्द्र शाही छन् ।

    पीएम कप पुरुष क्रिकेट माघ २ गतेबाट टियु क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा सुरु हुँदैछ ।

    प्रतियोगितामा ७ प्रदेश र ३ विभागिय टोलीसहित १० टिमकाे सहभागिता रहनेछन् ।

    प्रतियोगितामा सहभागी १० टोलीलाई २ समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, गण्डकी प्रदेश, प्रदेश-१ र कर्णाली प्रदेश रहेका छन् ।

    यस्तै समूह ‘बी’ मा नेपाल पुलिस क्लब,बागमती प्रदेश, लुम्बिनी प्रदेश, प्रदेश-२ र सुदूरपश्चिम प्रदेश रहेका छन् ।

    उद्घाटन खेलमा आर्मी र गण्डकी प्रदेश टीयू मैदानमा खेल्नेछन् ।

    प्रतिक्रिया दिनुहोस


    नयाँ