२०७७ फागुन १३, बिहिबार | Thu, 25, Feb, 2021

कैलालीमा अवैध लागूऔषधसहित पाँच जना पक्राउ

  • २०७७ माघ २, शुक्रबार मा प्रकाशित १ महिना अघि
  • कैलालीको गोदावरी नगरपालिका–५ गेटास्थित सामुदायिक वनबाट प्रहरीले अवैध लागूऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा सोही ठाउँका २३ वर्षीय किरण बोहरालगायत ५ जना छन्। उनीहरुको साथबाट प्रहरीले करिब ६ ग्राम ६ सय ६६ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन बरामद गरेको छ।

    उक्त जङ्गलमा लागूऔषध ओसारपसार भईरहेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले खैरो हेरोइनसहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो।

     

    प्रतिक्रिया दिनुहोस