२०७७ फागुन १३, बिहिबार | Thu, 25, Feb, 2021

आजबाट भारतले सर्वसाधारणलाई कोरोनाविरुद्धको खोप दिँदै

  • २०७७ माघ ३, शनिबार मा प्रकाशित १ महिना अघि
  • नयाँ दिल्ली : भारतले आजबाट सर्वसाधरणलाई कोरोनाविरुद्धको खोप प्रदान गर्ने भएको छ । बिहान साढे १० बजे प्रधानमन्त्री नरेन्द्र मोदीले यसको उद्घाटन गर्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अभियानको पहिलो दिन आज हरेक खोप केन्द्रमा एक सयका दरले तीन लाख स्वास्थ्यकर्मीलाई खोप लगाउने कार्यक्रम रहेको छ ।

     

    भारतले पहिलो चरणमा ३ करोड स्वास्थ्यकर्मी तथा अग्रपंक्तिमा खटिनेलाई खोप दिने बताएको छ ।  भारतले अक्स्फोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले विकास गरेको खोप ‘कोभिसिल्ड’ उत्पादन गरिरहेको छ । सोही खोप आजबाट अग्रपंतिमा खटिने स्वास्थ्यकर्मीलाई दिन लागेको हो । एक वर्षको अविधमा भारतमा १ करोड ५ लाख २७ हजार बढी मानिस संक्रमित भइसकेका छन् भने १ लाख ५१ हजार ९१८ जनाको ज्यान गइसकेको छ।

    प्रतिक्रिया दिनुहोस