नेपालको पहिलो संगीत संयोजक, संगीतकार एवं वाद्यवादक गणेश परियारको निधन भएको छ । ७६ वर्षका परियारको आइतबार निधन भएको संगीतकार शम्भुजित बाँस्कोटाले जानकारी दिए ।
आर्मीमा हवल्दारसम्म भएपछि संगीतकर्मका लागि जागिर छोडेका उनी सेक्सोफोन र गिटार समेत बजाउँथे । ०२४ सालमा रेडियो नेपालमा स्थायी जागिर सुरु गरेका उनले करारको रुपमा भने २०१९ सालदेखि नै रेडियो नेपालमा वाद्यवादकको काम थालेका थिए ।
संगीत, संगीत संयोजनबाहेक उनी लय तथा शब्द संकलन पनि थिए । ०५० साल उनी म्युजिक डाइरेक्टर–एरेन्जरका रुपमा म्युजिक नेपालसँग आवद्ध भएका थिए । अरूणा लामा, देव बज्राचार्य, ज्ञानु राणा, शिवनारायण जोशी, प्रेम खत्री, वीरेन्द्र पाठक लगायतका संगीतकर्मीसँगको संगत उनको जीवनमा बिषेश रह्यो ।
नातिकाजी, शिव शंकर, बच्चु कैलास, गोापल योन्जन, धर्मराज थापा, शम्भुजित बाँस्कोटालगायत नेपालका अधिकाम्स संगीतकारको संगीत संयोजन उनले गरेका छन् । अहिले संगीत सांयेजन गर्दै आएका संगीतकार मनोहर सुनाम उनका जेठो छोरा हुन् ।
प्रतिक्रिया दिनुहोस