शुक्लाफाँटा नगरपालिकाको कलुवापुरबाट चरेससहित होटेलका सञ्चालक पक्राउ परेका छन् । नगरको वडा नम्बर ११ स्थायी घर भएका सरस्वती रेष्टुरेन्टका सञ्चालक ४३ वर्षीय देवेन्द्रबहादुर कठायतलाई मंगलबार प्रहरीले ७० ग्राम चरेससहित पक्राउ गरेको हो ।
कलुवापुर बजारमा होटेल सञ्चालन गर्दै आएका कठायतले होटलमा चरेस राखेको सूचनाका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो । उनलाई ईलाका प्रहरी कार्यालय झलारीको हिरासतमा राखिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता अमरबहादुर थापा क्षेत्रीले यसबारे थप अनुसन्धान भइरहेको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस