२०७७ फागुन १३, बिहिबार | Thu, 25, Feb, 2021

दिलिप र अशिष्माको ‘चल्यो मायाको बतास’

  • २०७७ माघ ९, शुक्रबार मा प्रकाशित १ महिना अघि
  • गायिका रानी शाक्य र गायक प्रमोद खरेलको स्वरमा समावेश ‘चल्यो मायाको बतास’ सार्वजनिक भएको छ । यो गीतमा हरि उप्रेतीको शब्द र विकास चौधरीको संगीत छ । डान्सिङ शैलीमा तयार भएको यो गीतको भिडियोमा नायक दिलिप रायमाझी र नायिका अशिष्मा नकर्मीले अभिनय गरेका छन् ।

    यो भिडियोमा राजन शाहीको कोरियोग्राफी, आभेष बज्रचार्यको छायांकन, माधव बेलवासेको सम्पादन र प्रहिल कार्कीको निर्देशन छ । गायिका रानी शाक्यको ५० भन्दा बढी गीतहरु सार्वजनिक भैसकेका छन् ।

    प्रतिक्रिया दिनुहोस