२०७८ श्रावण ११, सोमबार | Mon, 26, Jul, 2021

कैलालीमा १८ वर्षीया किशोरीमाथि जबरजस्ती करणी

  • २०७७ माघ १८, आईतबार मा प्रकाशित ५ महिना अघि
  • कैलालीमा १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गर्ने एक जना पक्राउ परेका छन् ।

    १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा लम्की नगरपालिका-१ भुरुवा बस्ने २१ वर्षीय उमेश अधिकारी र २० वर्षीय रतन बुढाथोकीलाई शुक्रवार राति प्रहरीले पक्राउ गरेको हो ।

    उमेश र रतन सहित ३ जनाले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

    हाल फरार कृष्ण राउतको प्रहरीले खोजी गरिरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस


    नयाँ