क्यानडाबाट नेपाली युवाहरुबाट निर्मित हिपपप म्युजिक भिडियो सार्वजनिक गरिएको छ । लामो समयदेखि क्यानडा स्थायी बसोबास गर्दै आएका सुघब बन्जरा, कुशल बराल र निर्वाना श्रेष्ठको संयुक्त प्रयासमा ‘कोक एण्ड जेडी’ गित तयार गरिएको हो ।
दिप विष्ट (लेजी ब्याई) को संगित रहेको यो गीतको म्युजिक भिडियो क्यानडाको टोरोन्टो र आसपासका शहरमा खिचिएको हो ।
युवा पुस्तालाई लक्षित गरेर निर्माण गरिएको यो गितमा बिदेशी नागरिक र नेपालीको अभिनयलाई फ्युजन गराइएको छ ।
क्यानडाबाट संचालित युटुब च्यानल ‘वानभर्स इन्टरटेन्मेन्ट’ बाट शुक्रबार सार्वजनिक गरिएको म्युजिक भिडियो कोर्डेल फेर्मिनले खिचेका हुन् भने भिडियो सम्पादन सुदिप मानन्धरले गरेका छन् ।
पछील्लो समय हिपपप म्युजिक युवा पुस्ताको रोजाइमा पर्दै आएकोकोले यो गीत पनि दर्शक श्रोताले रुचाउने निर्माण टिमले अपेक्षा राखेका छन् ।
गीत हेर्नुहोस्
लोकान्तरबाट
प्रतिक्रिया दिनुहोस