२०७७ फागुन १६, आईतबार | Sun, 28, Feb, 2021

थप १३० जनामा कोरोना पुष्टि, २४ घण्टामा ७ जनाको मृत्यु

  • २०७७ माघ २६, सोमबार मा प्रकाशित २ हफ्ता अघि
  • नेपालमा थप १३० जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर कुल १३० जना संक्रमित थपिएको जानकारी दिएको छ ।

    अहिलेसम्म कुल २ लाख ७२ हजार ५५ संक्रमित पुगेका छन् । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या १ हजार ७४४ रहेको छ ।

    त्यस्तै पछिल्लो २४ घण्टामा १९४ जना संक्रमण मुक्त भएका छन् भने अहिलेसम्म २ लाख ६८ हजार २६६ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९८.६ रहेको मन्त्रालयले जनाएको छ ।

    पछिल्लो २४ घण्टामा ३ हजार ३३३ पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर २० लाख ९६ हजार ७५० पुगेको छ ।

    त्यस्तै क्वारेन्टाइनमा ९२ जना रहेका छन् । त्यस्तै आइसोलेसनमा १ हजार ७४४ जना रहेका छन् ।

    कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ७ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । अहिलेसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २०४५ रहेको छ । नेपालमा अहिले कोरोना संक्रमणबाट मृत्यु हुनेको प्रतिशत ०.७५ रहेको मन्त्रालयले जानकारी दिएको छ ।

    प्रतिक्रिया दिनुहोस