२०७७ फागुन १३, बिहिबार | Thu, 25, Feb, 2021

अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ८३ हजार नाघ्यो

  • २०७७ माघ २९, बिहिबार मा प्रकाशित २ हफ्ता अघि
  • अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ८३ हजार नाघेको छ ।

    पछिल्लो २४ घण्टामा ३ हजार ४३२ संक्रमितको मृत्यु भएसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउने संक्रमितको संख्या ४ लाख ८३ हजार २०० पुगेको छ ।

    यस्तै पछिल्लो २४ घण्टामा ९६ हजार ८०६ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि २७ मंसिरमा एकैदिन अहिलेसम्मकै धेरै ३ लाख ८६ हजार ६५४ जनामा संक्रमण भएको थियो ।

    पछिल्लो वृद्धिसँगै अमेरिकामा संक्रमितको संख्या २ करोड ७८ लाख ९७ हजार २१४ पुगेको छ ।

    संक्रमितमध्ये अहिलेसम्म १ करोड ७८ लाख २७ हजार ३२३ जना संक्रमणमुक्त भएका छन् ।

    उपचार गराइरहेका ९५ लाख ८६ हजार ६९१ जनामध्ये २१ हजार १८ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस