२०७७ फागुन १६, आईतबार | Sun, 28, Feb, 2021

बैतडीको सिगासमा कर्मचारी मृत फेला

  • २०७७ माघ ३०, शुक्रबार मा प्रकाशित २ हफ्ता अघि
  • बैतडीमा एक कर्मचारी मृत भेटिएका छन् । जिल्लाको सिगास गाँउपालिका वडा नं ७ का ४५ बर्षीय राम सिंह ऐर मृत भेटिएका हुन्।

    आज (शुक्रवार) बिहान सिगास ८ को भुमिराज माणडौ नजिकै उनको शव फेला परेको शिवलिङ्ग प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक राज बहादुर डगौराले बताए । उनले घटनाको थप अनुसन्धान भइरहेको जानकारी दिए ।

    ४ दिन देखि बेपत्ता भएका ऐर मृत अवस्थामा भेटिएका हुन् । उनी सिगास ८ को शिवलिङ्ग स्वास्थ्य चौकीमा कार्यालय सहयोगीको रुपमा कार्यरत थिए ।

    प्रतिक्रिया दिनुहोस