२०७८ बैशाख ३०, बिहिबार | Thu, 13, May, 2021

पुनर्वासमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

  • २०७७ फागुन १, शनिबार मा प्रकाशित २ महिना अघि
  • कञ्चनपुरमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ।  जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर ११ अमरवस्तीमा मोटरसाइकलले ठक्कर दिदा एक जना पैदल यात्रीको मृत्यु भएको हो।  शुक्रबार साँझको समयमा हुलाकी सडकखण्डमा भएको दुर्घटनामा परि धनगढी उप–महानगरपालिकाको वडा नम्बर १९ की ७० वर्षीया झ्यारी भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक अमर थापा क्षेत्रीले बताए।

     

     

    भण्डारीलाई धनगढीकै वडा १ का १८ वर्षीय युवक रिहान कुरेसीले चलाएको म २ प ६४८९ नम्बरको मोटरसाइकलले ठक्कर दिएको हो। मृतक भण्डारीको शव सेती प्रादेशिक अस्पतालमा राखिएको भने कुरेसीलाई नियन्त्रण लिएको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस


    नयाँ