२०७७ फागुन १६, आईतबार | Sun, 28, Feb, 2021

भारतमा २४ घण्टामा ७६ संक्रमितको मृत्यु, ९ हजार १३९ जनामा संक्रमण

  • २०७७ फागुन ४, मंगलबार मा प्रकाशित १ हफ्ता अघि
  •  भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ५५ हजार ८४० पुगेको छ ।

    पछिल्लो २४ घण्टामा थप ७६ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५५ हजार ८४० पुगेको हो ।

    यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ ९ हजार १३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड ९ लाख २५ हजार  ३११ पुगेको छ ।

    यो समाचार तयार पार्दासम्म भारतमा १ करोड ६ लाख ३० हजार ८९२ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या १ लाख ३८ हजार ५७९ छ ।

    प्रतिक्रिया दिनुहोस