२०७७ फागुन १६, आईतबार | Sun, 28, Feb, 2021

अमेरिकामा ४ लाख ९८ हजार कोरोना संक्रमितको मृत्यु

  • २०७७ फागुन ४, मंगलबार मा प्रकाशित १ हफ्ता अघि
  • अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ९८ हजार नाघेको छ ।

    पछिल्लो २४ घण्टामा ९५४ संक्रमितको मृत्यु भएसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउने संक्रमितको संख्या ४ लाख ९८ हजार २०३ पुगेको छ ।

    यस्तै पछिल्लो २४ घण्टामा ५२ हजार ७८५ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि २७ मंसिरमा एकैदिन अहिलेसम्मकै धेरै ३ लाख ८६ हजार ६५४ जनामा संक्रमण भएको थियो ।

    पछिल्लो वृद्धिसँगै अमेरिकामा संक्रमितको संख्या २ करोड ८३ लाख नाघेको छ ।

    संक्रमितमध्ये अहिलेसम्म १ करोड ८३ लाख ५६ हजार ६२५ जना संक्रमणमुक्त भएका छन् ।

    उपचार गराइरहेका ९४ लाख ६२ हजार ८७५ जनामध्ये १८ हजार ९२८ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस