२०७७ फागुन १६, आईतबार | Sun, 28, Feb, 2021

कोरोनाले विश्वमा मृत्यु हुनेको संख्या २४ लाख नाघ्यो

  • २०७७ फागुन ५, बुधबार मा प्रकाशित १ हफ्ता अघि
  • कोरोना संक्रमणका कारण विश्वमा मृत्यु हुनेको संख्या २४ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या २४ लाख ३ हजार ६४१ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा विश्वमा कोरोनाका कारण ५ हजार ८९२ जनाको मृत्यु भएको छ । सोही अवधीमा १ लाख ९२ हजार २६६ कोरोना संक्रमित थपिएका छन् ।

    तथ्यांक अनुसार हालसम्म विश्वमा १० करोड ८८ लाख २२ हजार ९६० जनामा कोरोना संक्रमण भइसकेको छ ।

    प्रतिक्रिया दिनुहोस