सरकारले अग्रिम भुक्तानी दिएर थप २० लाख डोज खोप भारतबाट ल्याउने भएको छ । भारत सरकारले यसअघि १० लाख डोज खोप निःशुल्क दिएकामा अब कानुनी बाधा अड्काउ फुकाउ गर्दै अग्रिम भुक्तानी दिएर थप २० लाख डोज खोप ल्याउन लागिएको हो ।
मन्त्रिपरिषद्को मंगलबार साँझ बसेको बैठकले भारतमा बनेको कोभिसिल्ड भ्यााक्सिन खरिद गर्दा अग्रिम भुक्तानी दिने निर्णय गरेको छ । यसअघि, अग्रिम भुक्तानीको विषयकै कारण भारतबाट थप खोप ल्याउने प्रक्रिया अघि बढ्न सकेको थिएन । तीन साताअघि भारतको सिरम इन्स्टिच्युटसँग एक डोज खोपको ४ डलरमा खरिद गर्ने सहमति भए पनि भुक्तानीको विषयलाई लिएर खरिद प्रक्रियाअघि बढ्न सकेको थिएन ।
सरकारले प्रतिडोज ४ डलरमा २० लाख डोज खोप खरिद गर्न ८० लाख डलर ९९२ करोडभन्दा बढी नेपाली रुपैयाँ० कम्पनीलाई पहिल्यै भुक्तानी गर्नुपर्ने हुन्छ । स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले अग्रिम भुक्तानी उपलब्ध गराएर फागुनभित्रै दोस्रो चरणको खोप ल्याउने तयारी गरिएको बताए । थप खोप आएपछि खोप अभियान समुदायमा सञ्चालन गरी ५५ वर्षभन्दा माथिका नागरिकलाई लगाउने सरकारी तयारी छ ।
भारतको सेरम इन्स्टिच्युटले अक्सफोर्ड–एस्ट्राजेनेकाको कोरोनाविरुद्धको भ्याक्सिन उत्पादन गरिरहेको छ । कम्पनीले कोभिसिल्ड नामको खोप उत्पादन गरेको हो । सोही खोपको १० लाख डोज भारतले नेपाललाई अनुदान सहयोगमा उपलब्ध गराइसकेको छ । सो खोप फ्रन्टलाइनमा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई लगाइएको छ भने बाँकी रहेको खोप पत्रकारलगायतलाई लगाउने क्रम जारी छ ।
विद्यमान खरिद ऐन र नियमावलीअनुसार खरिद गर्न लागेको सामानको ८० प्रतिशत मात्रै अग्रिम भुक्तानी दिन सकिनेछ । तर, सिरम इन्स्टिच्युटले जति मूल्यको खोप खरिद गर्ने हो त्यसको अग्रिम भुक्तानी मागेको थियो । ऐन र नियमावलीको व्यवस्थालाई बाधा अड्काउ फुकाउ गर्दै सरकारले खोपको लागि अग्रिम रकम दिने निर्णय गरेर बाधा अड्काउ फुकाएको हो ।
स्वास्थ्य मन्त्रालयले सिरमसँग २० लाख डोज भ्याक्सिन खरिद गर्न लागिएको र भारतसँग सहुलियत दरमा खोप खरिद गर्न लागिएको जनाएको छ ।
भारतको सो कम्पनीलाई सोही खोप उपलब्ध गराउन भन्दै बंगालदेशले ३४ लाख डोजका लागि प्रतिडोज साढे ५ डलरमा अग्रिम भुक्तानी गरिसेकेको छ । सिरमले ९३ वटा देशमा खोप पु¥याइसकेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस