२०७७ फागुन १३, बिहिबार | Thu, 25, Feb, 2021

दाहाल -नेपाल समूहले आज मानव साङ्लोले टुँडिखेल घेर्दै

  • २०७७ फागुन ६, बिहिबार मा प्रकाशित १ हफ्ता अघि
  • नेकपाको दाहाल(नेपाल समूहले चौथो चरणको आन्दोलन अन्तर्गत आज मानव साङ्लोले टुँडिखेल घेर्दैछ ।प्रधानमन्त्रीलाई सांकेतिकरूपमा दबाब दिन मानव साङ्लो बनाएर टुँडिखेल घेर्न लागिएको दाहाल९नेपाल समूहका स्थायी कमिटी सदस्य बेदुराम भुसालले जानकारी दिए ।

    अपराह्न ४ देखि ५ बजेसम्मको यो कार्यक्रममा १० हजार हाराहारी कार्यकर्ता सहभागी हुने भुसालले जानकारी दिए । प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेको कदमलाई ‘प्रतिगमन’ भन्दै दाहाल(नेपाल समूह पुस ५ पछि आन्दोलीत छ । यो समूहले बुधबार ‘५ फागुन’ देखि २१ फागुनसम्म चौथो चरणका कार्यक्रम सार्वजनिक गरेको छ ।

    प्रतिक्रिया दिनुहोस