२०७७ फागुन १६, आईतबार | Sun, 28, Feb, 2021

नयाँ पार्टी बनाउँदै त्रिपाठी

  • २०७७ फागुन ७, शुक्रबार मा प्रकाशित १ हफ्ता अघि
  • सरकारले आगामी वैशाख १७ र २७ गरी दुई चरणमा मतदान हुने गरी प्रतिनिधिसभा निर्वाचनको घोषणा गरिसकेको अवस्थामा सोही सरकारमा रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कस्तो राजनीतिक कदम चाल्नेछन् भन्नेबारे तराई मधेसमा चासो बढेको छ ।

    तराई मधेसमा राम्रो राजनीतिक प्रभाव बनाएका त्रिपाठी यतिबेला दलविहीन अवस्थामा छन् । उनी गत प्रतिनिधिसभा निर्वाचनमा तत्कालीन नेकपा एमालेको चुनाव चिह्नबाट विजयी भएका थिए । त्यस यता उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सहकार्य गर्दै आएका छन् । सोही क्रममा ओलीले उनलाई सरकारमा समेत सामेल गरेका छन् । त्रिपाठी अहिले ओली नेतृत्वको सरकारमा स्वास्थ्य तथा जनसंख्या मन्त्री छन् ।

    ‘स्वतन्त्र राजनीति समूह’ को नेतृत्व गरिरहेका हृदयेश त्रिपाठीले आगामी निर्वाचनका लागि नयाँ पार्टी बनाउने कि नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को ओली पक्षमा जाने भन्नेबारे निर्णय लिइसकेका छैनन् ।

    तत्कालीन तमलोपासहित अन्य ६ दल मिलेर राष्ट्रिय जनता पार्टी ९राजपा० नेपाल बनेपछि केही कुरामा असहमति जनाउँदै उनी राजपा नेपालबाट अलग भएका थिए ।

    प्रतिक्रिया दिनुहोस