२०७७ फागुन १६, आईतबार | Sun, 28, Feb, 2021

अभिनेता सुशान्तको नाममा राष्ट्रिय अवार्डको तयारी गर्दै भारत सरकार

  • २०७७ फागुन ९, आईतबार मा प्रकाशित १ हफ्ता अघि
  • भारत सरकारले दिवंगत बलिउड अभिनेता सुशान्त सिंह राजपुतको नाममा राष्ट्रिय अवार्ड स्थापना गर्ने भएको छ । भारत सरकारले यसको लागी तयारी शुरु गरेको हो ।

    छोटो समयमै बलिउडमा लोकप्रिय बनेका अभिनेता सुशान्तको नामलाई स्मरणीय बनाउनका लागि राष्ट्रिय अवार्ड स्थापनाको तयारी गरिएको गरिएको बताइएको छ ।

    भारतीय जनता पार्टी निकट एक स्रोतले यो योजनाको तयारी भइरहेको पुष्टि गरेको छ ।

    उता बलिउडमा केही पक्षले भने सुशान्तको निधन भएको एक वर्ष पुग्न लाग्दा पनि सरकारको तर्फबाट केही काम नगरिएको भन्दै आलोचना गर्न थालिसकेका छन् ।

    यस्तै उनको बारेमा बायोपिक फिल्म बनाउने भनिए पनि त्यसले निरन्तरता पाउन सकेको छैन । सुशान्तको गत वर्षको जुन १४ मा निधन भएको थियो ।

    प्रतिक्रिया दिनुहोस