नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० प्रचण्ड–माधव नेपाल समूह निकट प्रेस संगठन नेपालको इञ्चार्जमा योगेश भट्टराई चयन भएका छन् । पार्टी विभाजन अघि राजेन्द्र गौतम इञ्चार्ज थिए । उनी अोली समूहमा लागेपछि उक्त रिक्त पदमा भट्टराई चयन भएका हुन् ।
संगठनको सहइन्चार्जमा विष्णु रिजाल, महेश्वर दाहाल र ओम शर्मा रहेका छन् । यस्तै महेश्वर दाहाल संयोजक, सहसंयोजकमा विश्वमणि सुवेदी र विष्णुप्रसाद सापकोटा जुगल र महासचिव राजेश राई चयन भएका छन् ।
१९ सदस्यीय केन्द्रीय कार्यालय पनि विस्तार गरिएको छ । कार्यालय सदस्यमा सइन्द्र राई, नरेन्द्र साउद, रामकुमार एलन, अमृतनाथ तिमल्सिना, शुरोजंग पाण्डे, हेमकर्ण विक र चमिना भट्टराई चयन भएका छन् ।
त्यस्तै साविक प्रेस सेन्टरबाट कार्यालय सदस्यमा मनोज घर्तिमगर, देवराम यादव ,कमल गिगरी, विवेक गौतम, मौसम रोकामगर, सुरेशचन्द्र अधिकारी, गंगा बराल र ध्रुव बुढाथोकी तोकिएका छन् ।
प्रतिक्रिया दिनुहोस