२०७७ फागुन १६, आईतबार | Sun, 28, Feb, 2021

२ मा पढ्ने बालिकालाई करणी गरेको आरोपमा शिक्षक पक्राउ

  • २०७७ फागुन १०, सोमबार मा प्रकाशित ६ दिन अघि
  • डडेल्धुरामा २ कक्षामा अध्ययनरत बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

    गन्यापधुरा गाउँपालिका–४ को भुवनेश्वरी माध्यमिक विद्यालयका ४७ वर्षीय शिक्षकले २ कक्षामा पढ्ने १० वर्षीय बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले आइतबार नियन्त्रणमा लिएको हो।

     

    प्रहरीसमक्ष कक्षा २ मा पढ्ने बालिकामाथि जबरजस्ती करणी गरेको उजुरी परेपछि शिक्षकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले बताएका छन् । उनका अनुसार बालिका र नियन्त्रणमा रहेका शिक्षक दुबैको मेडिकल टेस्टको काम भइहरेको छ।

    मेडिकल रिपोर्ट आएपछि कानुनी प्रक्रिया अघि बढ्ने बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस