२०७७ फागुन १६, आईतबार | Sun, 28, Feb, 2021

कञ्चनपुरमा श्रीमतीले आफ्नै श्रीमानको हत्या गरे

  • २०७७ फागुन ११, मंगलबार मा प्रकाशित ५ दिन अघि
  • कञ्चनपुरको बेलौरीमा श्रीमतीले आफ्नै श्रीमानको हत्या गरेकी छिन् ।

    बेलौरी नगरपालिका वडा नम्बर ६ भुराकोट बस्ने २७ वर्षीया बसन्ती चौधरीले आफ्नै श्रीमान् ३० वर्षीय ओम कुमार चौधरीको मंगलबार बिहान धारिलो हतियार फरुवाले प्रहार गरी हत्या गरेकी हुन् ।

    हत्यापछि श्रीमती स्वयम् इलाका प्रहरी कार्यालय बेलौरीमा गई आफुले श्रीमानको हत्या गरेको जानकारी गराएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक कमल कुमार खड्काको भनाइ छ ।

    जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुग्दा ओछ्यानमै फरुवाले सांघातिक आक्रमण गरी हत्या गरेको पाइएको बताइएको छ । श्रीमानले अर्को विवाह गरी कान्छी श्रीमतीलाई काठमाण्डौँमा राखेको आरोपमा उनको हत्या गरेको बसन्ती चौधरीले स्वीकार गरेकी छिन् । उनलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस