२०७७ फागुन १६, आईतबार | Sun, 28, Feb, 2021

मन्त्रिपरिषद् बैठक बिहान १० बजे बस्दै

  • २०७७ फागुन ११, मंगलबार मा प्रकाशित ५ दिन अघि
  • प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलवार मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

    बैठक बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको एक मन्त्रीले लोकान्तरलाई जानकारी दिए ।

    सरकारले पछिल्लो समय नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपामाथिको प्रतिबन्ध फिर्ता गर्ने तयारी गरिरहेको छ । बैठकमा सोही विषयमा छलफल हुने र अन्य नियमित एजेण्डामा पनि छलफल हुने ती मन्त्रीले बताए ।

    उनले भने, आजको बैठकमा विप्लवमाथिको प्रतिवन्ध फुकुवा र अन्य नियमित एजेण्डामा छलफल हुनेछ, प्रतिवन्ध फुकुवा आजबाटै या पछि हुने भन्ने चाहिँ एकिन छैन ।

    प्रतिक्रिया दिनुहोस