२०७७ फागुन १६, आईतबार | Sun, 28, Feb, 2021

रवि लामिछानेले गरे नेपालकै पहिलो फोर के टेलिभिजन च्यानलको थालनी

  • २०७७ फागुन ११, मंगलबार मा प्रकाशित ५ दिन अघि
  • लोकप्रिय सञ्चारकर्मी रवि लामिछानेले नेपालमा पहिलो पटक फोर के टेलिभिजन च्यानल सञ्चालनमा ल्याउने घोषणा गरेका छन् ।

     

    काठमाडौंका नक्सालस्थित मेरियट होटलमा जारी घोषणा सभामा सञ्चारकर्मी लामिछानले ‘ग्यालेक्सी फोर के’ टेलिभिजन च्यानल सञ्चालनमा ल्याएको घोषणा गरेका छन् ।

    समारोहमा सञ्चारकर्मी लामिछानेसहित तीन जना व्यक्तित्वले उक्त च्यानलको लोगो अनावरण गरेका छन् । उक्त टेलिभिजन च्यालनको घोषणा कार्यक्रममा देशका प्रतिष्ठित व्यक्तित्वहरुको उपस्थित रहेको छ ।

    प्रतिक्रिया दिनुहोस