२०७८ बैशाख ६, सोमबार | Mon, 19, Apr, 2021

कोरोनाका कारण विदेशमा थप तीन नेपालीको मृत्यु

  • २०७७ फागुन १६, आईतबार मा प्रकाशित १ महिना अघि
  • कोभिड–१९ को संक्रमणबाट विदेशमा यो साता तीनजना नेपालीको मृत्यु भएको छ ।

    गैरआवासीय नेपाली संघका अनुसार यो साता यूएईमा दुई र पोर्चुगलमा एकजनाको संक्रमणबाट मृत्यु भएको हो । योसहित विभिन्न २१ देशमा कोरोनाका मृत्यु हुने नेपालीको संख्या ३३९ पुगेको छ ।

    संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार शनिबार साँझसम्म विभिन्न ५३ देशमा रहेका ६२ हजार ४०१ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ६० हजार १२४ जना कोरोनामुक्त भएका छन् । संक्रमणमुक्त हुने दर ९६.३ प्रतिशत छ ।

    प्रतिक्रिया दिनुहोस


    नयाँ