२०७८ बैशाख ७, मंगलबार | Tue, 20, Apr, 2021

सुदूरपश्चिममा बढ्यो आगलागीका घटना

  • २०७७ फागुन २३, आईतबार मा प्रकाशित १ महिना अघि
  • सुदूरपश्चिम प्रदेशमा बर्सेनि आगलागीका घटनामा बढ्दै गएका छन् । सुदूरपश्चिम प्रदेशमा चालु आर्थिक वर्ष २०७७र०७८ को पहिलो आठ महिनामा आगलागीका एक सय १२ घटना भएका छन् ।

    यो अवधिमा भएका आगलागीका घटनामा आठजनाले ज्यान गुमाएका छन् भने १३ जना घाइते भएका छन् ।

    राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रका अनुसार चालु आर्थिक वर्षको आठ महिनामा सुदूरपश्चिम प्रदेशमा आगलागीका घटनामा एक सय २२ जना प्रभावित भएका छन् । तीन घटनामा १६ घर पूर्ण रुपमा क्षति भएका छन् भने २९ घरमा आंशिक क्षति भएको छ ।

    यो अवधिमा आगलागीबाट ६ करोड नौ लाख १६ हजार रुपैयाँ बराबरको क्षति भएको जनाइएको छ ।

    त्यस्तै सुदूरपश्चिम प्रदेशमा गत आर्थिक वर्ष २०७६र७७ मा आगलागीका ९९ घटना भएका थिए । गत आर्थिक वर्षमा आगलागीका घटनामा ६ जनाको मृत्यु भएको थियो भने १४ जना घाइते भएका थिए ।

    गत आर्थिक वर्षमा आगलागीका घटनाबाट सुदूरपश्चिम प्रदेशमा एक सय पाँच घरपरिवार प्रभावित भएका थिए । त्यस्तै २१ घर पूर्ण रुपमा क्षति भएका थिए भने २२ घरमा आंशिक क्षति पुगेको थियो । गत आर्थिक वर्षमा आगलागीका घटनाबाट एक करोड ८० लाख नौ हजार रुपैयाँ बराबरको क्षति पुगेको थियो ।

    सुदूरपश्चिम प्रदेशमा बर्सेनि आगलागीका घटनामा बृद्धि भइरहे पनि नियन्त्रणका लागि प्रभावकारी योजना र तयारी छैन । प्रदेशमा आगलागीका घटनामा नियन्त्रणका लागि आवश्यक पर्ने अग्नी नियन्त्रक ९दमकल० पनि पर्याप्त मात्रामा छैनन् ।

    सुदूरपश्चिम प्रदेशको धनगढी उपमहानगरपालिकामा मात्रै दुईवटा दमकल रहेका छन् । प्रदेशका अन्य ८७ वटा स्थानीय तह मध्ये कुनैमा पनि दुईवटा दमकल रहेका छैनन् । अझ धेरै स्थानीय तहमा त दमकल नै उपलब्ध छैन ।

    सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको विपद महाशाखाले दिएको तथ्यांक अनुसार प्रदेशभरी हालसम्म १८ वटा मात्रै दमकल रहेका छन् । प्रदेशमा सबैभन्दा बढि ६ वटा दमकल कैलालीमा छन् । १३ वटा स्थानीय तह रहेको कैलालीको धनगढी

    उपमहानगरपालिकामा दुईवटा दमकल रहेका छन्् भने गोदावरी, घोडाघोडी, लम्कीचुहा र टीकापुर नगरपालिकामा एक–एक वटा दमकल रहेका छन् ।

    कैलालीको भजनी नगरपालिका र गौरिगंगा नगरपालिकाले अहिलेसम्म दमकलको व्यवस्था गर्न सकेका छैनन् ।

    त्यस्तै, कञ्चनपुरको भीमदत्त नगरपालिका, शुक्लाफाँटा, दोधारा–चाँदनी र पुनर्वास नगरपालिकामा एक–एक वटा दमकल छन् । तर, वेदकोट, बेलौरी, कृष्णपुर र महाकाली नगरपालिकाले अहिलेसम्म दमकलको व्यवस्था हुन सकेको छैन ।

    आन्तरिक मामिला तथा कानून मन्त्रालयका अनुसार डडेल्धुरा र बैतडी जिल्लामा दुई–दुई वटा दमकल छन् । यस्तै, डोटी, दार्चुला, बझाङ र अछाम जिल्लामा एक–एक वटा दमकल छन् । सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लामा अहिलेसम्म एउटा पनि दमकल छैन ।

    शनिबार मात्र धनगढी उपमहानगरपालिकाको वडा नम्बर ४ चटकपुरमा रहेको आलोक मल्टी कन्सर्न प्रालि उद्घाटन हुन नपाउ“दै खरानी भएको छ ।

    लामो समयसम्म डडेल्धुरामा व्यवसाय गरेका भोजराज भट्टले धनगढीमा तीन करोड रुपैयाँको लगानीमा आलोक मल्टी कन्सर्न उद्योग सञ्चालनमा ल्याउने तयारीमा थिए ।

    आगलागीका कारण उनको तीन करोड रुपैयाँ लगानी तथा परिश्रम स्वाहा भएको छ । हाउस डेकुरेशनसंगै कन्सल्टेन्सी सेवा उपलब्ध गराउने उद्देश्यसहित व्यवसायी भट्टले सो कम्पनी सञ्चालनको तयारी गरेका थिए ।

    प्रहरीले सो कम्पनीमा आगलागी हुनुको कारण अझै खुल्न नसकेकोे प्रहरीले जनाएको छ । कम्पनीमा भएको आगलागी करिब दुई घण्टापछि नियन्त्रणमा लिइएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    नयाँ