तीन दिन स्थिर रहेको सुनको भाउ आज बढेको छ । बुधबारको तुलनामा आज सुन तोलामा तीन सय रुपैयाँले बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको मुल्य तोलाको ८७ हजार २०० कायम गरेको छ ।
हिजो ९बुधबार० तोलाको ८६ हजार ९०० मा स्थिर रहेको थियो ।यस्तै तेजावी सुनको भाउ पनि बढेर ८६ हजार ७५० कायम भएको महासंघले जनाएको छ ।यसैगरी, चाँदीको भाउ बिहीबार पनि तोलामा २० रुपैयाँले बढेको छ ।
बुधबार तोलाको १२ सय ७० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज १२ सय ९० पुगेको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस