२०७८ बैशाख ७, मंगलबार | Tue, 20, Apr, 2021

भारतमा ४० हजारभन्दा बढी कोरोना संक्रमित थपिए, १९९ जनाको मृत्यु

  • २०७७ चैत्र १०, मंगलबार मा प्रकाशित ३ हफ्ता अघि
  • भारतमा पछिल्लो २४ घण्टामा ४० हजार ७१५ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ। यस्तै थप १९९ संक्रमितको मृत्यु भएको छ।

    भारतमा हालसम्म १ करोड १६ लाख ८६ हजार ७९६ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ। यस्तै, १ लाख ६० हजार १६६ जनाको मृत्यु भइसकेको छ।

    पछिल्लो केही दिनयता भारतमा संक्रमणको दर बढ्दै गएको छ। मंगलबार बिहानसम्म भारतमा ३ लाख ४५ हजार ३७७ जना सक्रिय कोरोना संक्रमित रहेका छन्।

    प्रतिक्रिया दिनुहोस


    नयाँ