२०७८ बैशाख ७, मंगलबार | Tue, 20, Apr, 2021

नेपालमा कोरोनाको तेस्रो लहर देखियो, लापरवाही नगरौं

  • २०७७ चैत्र १३, शुक्रबार मा प्रकाशित ३ हफ्ता अघि
  • भारतमा फैलिएको कोरोना भाइरसको भेरियन्ट कुन–कुन हो भनेर पूर्णरुपमा अध्ययन भइसकेको छैन । भारतकै केही जनस्वास्थ्यविद्ले यसलाई बेलायत र ब्राजिलमा देखिएको नयाँ भेरियन्ट भन्दै आएका छन् ।

    भारतमा कोरोना संक्रमण दर बढेसँगै नेपालमा संक्रमण दर बढ्नु स्वाभाविक हो । भारतमा कोरोनाको पहिलो लहर आउँदा नेपालमा पनि संक्रमण बढ्यो भने भारतमा संक्रमण दर घट्दा नेपालमा पनि घट्यो । अहिले भारतको महाराष्ट्र, उत्तर प्रदेश लगायतका ११ वटा प्रदेशमा संक्रमितको संख्या बढिरहेको छ ।

    राज्यले कोरोना भाइरस संक्रमणको पहिचान, उपचार र नियन्त्रणमा अघिल्लो वर्षजस्तो भद्रगोल गर्नुहुँदैन । नागरिकले पनि स्वास्थ्य सुरक्षाको नियम उल्लंघन गर्नु हुँदैन ।

    प्रतिक्रिया दिनुहोस


    नयाँ