२०७८ बैशाख ७, मंगलबार | Tue, 20, Apr, 2021

प्रधानमन्त्री ओली र सभामुख सापकाेटाबीच भेटवार्ता

  • २०७७ चैत्र १५, आईतबार मा प्रकाशित ३ हफ्ता अघि
  • प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार बिहान भएको भेटवार्तामा प्रतिनिधि सभाको बैठक कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल भएको सभामुख सापकोटाको सचिवालयले जनाएको छ ।

    संसद्लाई सरकारले बिजनेस दिने र विचाराधीन विधेयक अघि बढाउने विषयमा छलफल केन्द्रित रहेको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिनुभयो । सभामुखले आफूले सर्वदलीय बैठक बोलाउने तयारी गरकोबारे पनि प्रधानमन्त्री ओलीलाई जानकारी गराउनुभएको छ ।

    लामो समयदेखि प्रधानमन्त्री र सभामुखबीच छलफल हुन सकेको थिएन । केही समयअघि प्रधानमन्त्री ओलीले सभामुखलाई झगडिया भनेर आरोप लगाएपछि सभामुख पनि प्रधानमन्त्रीसँग रुष्ट हुनुभएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    नयाँ