२०७८ बैशाख ७, मंगलबार | Tue, 20, Apr, 2021

नेकपा नामसम्बन्धी प्रचण्डको पुरावेदन निवेदन सर्वोच्चमा दर्ता [निवेदनसहित]

  • २०७७ चैत्र १७, मंगलबार मा प्रकाशित २ हफ्ता अघि
  • तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र एकीकरण भई बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खारेज गर्ने फैसलाविरुद्ध नेकपा (माओवादी केन्द्र) ले दिएको पुनरावेदन निवेदन सर्वोच्च अदालतमा दर्ता भएको छ।

    माओवादी केन्द्रका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सर्वोच्चमा पुगेर पुरावेदन निवेदन दर्ता गराएका हुन्।

    अब निस्सा दिने वा नदिनेबारे पेशी तोकिने छ। उक्त पेशी तीन जना न्यायाधीशको इजलासमा तोकिने छ। यसअघि दुईजना न्यायाधीशको इजलासले फैसला सुनाएकाले सोभन्दा ठूलो इजलाशले सुनुवाइ गर्नुपर्ने छ।

    सर्वोच्चले निस्सा दिएमा सुनुवाइ प्रक्रियामा जाने र नदिएमा यसअघिकै फैसला अन्तिम भएर बस्‍ने छ।

    पुनरावेदन निवेदन लिएर प्रचण्डसहित वर्षमान पुन, जनार्द्धन शर्मा, गिरिराजमणि पोखरेललगायत नेताहरू सर्वोच्च पुगेका थिए।

    फागुन २३ मा अदालतले माओवादी केन्द्र र एमाले मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई पूर्ववत् रुपमै ब्युँताएपछि माओवादी केन्द्रका तर्फबाट अध्यक्ष प्रचण्डले सर्वोच्चमा पुरावेदन निवेदन दर्ता गराएका हुन्।

    प्रतिक्रिया दिनुहोस


    नयाँ