२०७८ बैशाख ७, मंगलबार | Tue, 20, Apr, 2021

एमाले सुदूरपश्चिम प्रदेशको सहइन्चार्जमा ठगुन्ना र राना

  • २०७७ चैत्र १७, मंगलबार मा प्रकाशित २ हफ्ता अघि
  • कपा एमाले सुदूरपश्चिम प्रदेशको सहइन्चार्जमा गणेश ठगुन्ना र नारदमुनि रानालाई चयन गरिएको छ ।

    कैलालीबाट प्रतिनिधि सभामा निर्वाचित राना र दार्चुलाबाट प्रतिनिधि सभामा निर्वाचित ठगुन्नालाई एमाले सहइन्चार्जको जिम्मेवारी दिएको हो ।

    राना अहिले संसदीय बोर्डका सदस्य छन् भने ठगुन्ना सामान्य प्रशासन मन्त्रीको जिम्मेवारीमा छन् ।

    यसअघि नै प्रदेशको इन्चार्जमा लेखराज भट्ट, अध्यक्षमा कर्ण थापा र सचिवमा राजेन्द्र रावल चयन भइसकेका थिए ।

     

    प्रतिक्रिया दिनुहोस


    नयाँ