नेकपा माओवादी केन्द्रको स्थायी कमिटिको बैठक आज बस्दैछ ।पार्टी कार्यालय पेरिसडाँडामाबस्ने बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा छलफल हुने अपेक्षा छ ।
सर्वोच्च अदालतले नेकपाको एकता टुटाईदिएपनि माओवादी केन्द्रले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन ।यो विषयमा आजको बैठकले निर्णय गर्ने स्रोतको दावी छ । सर्वोच्चको फैसलापछि एमाले र माओवादी केन्द्र पूर्ववत अवस्थामा फर्किए पनि प्रधानमनत्री केपी ओली अहिलेसम्म अल्पमतमा पर्नुभएको छैन ।
हिजोमात्रै माओवादी केन्द्रका अध्यक्ष पुष्पमकल दाहाल प्रचण्डले कांग्रस सभापति शेर बहादुर देउवालाई भेटेर नयाँ सरकारको नेतृत्व गर्न आग्रह गर्नुभएको थियो ।कांग्रेसले तत्काल निर्णय नदिए धेरै दिन प्रतिक्षा गर्न नसक्ने प्रचण्डको भनाई छ ।
प्रतिक्रिया दिनुहोस