२०७८ बैशाख ७, मंगलबार | Tue, 20, Apr, 2021

एमाले नेता घनश्याम भुसाल र सुरेन्द्र पाण्डे पनि निलम्बित

  • २०७७ चैत्र १९, बिहिबार मा प्रकाशित २ हफ्ता अघि
  • नेकपा एमालेले पार्टी हित र विधान विपरीत काम गरेको भन्दै नेता घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई निलम्बन गरेको छ। स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएको भन्दै अध्यक्ष ओलीले उनीहरुलाई ६ महिनाका लागि निलम्बन गरेका हुन् ।

    एमालेले पाण्डे र भुसाललाई पार्टी विधान विपरित गतिविधि गरेको भन्दै स्पष्टिकरण सोधेको थियो । यसअघि ओलीले नेता माधवकुमार नेपाल र भीम रावललाई पनि ६ महिनाका लागि निलम्बन गरेका थिए ।

    चैत ७ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले केन्द्रीय समिति बैठकले माधव कुमार नेपाल, भीम रावल , सुरेन्द्र पाण्डे र घनश्याम भुसालले पार्टी हित विपरित काम गरेको भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

    सोही अनुसार चैत ८ गते महासचिव ईश्वर पोखरेलले चारैजनालाई स्पष्टीकरणको पत्र थमाएका थिए। सअघि ओलीले सोधेको स्पस्टीकरणमा नेपालले उल्टै ुतपाईँमाथि कारबाही किन नगर्ने ुभनेर ओलीलाई नै स्पस्टीकरण सोधेपछि ओली र नेपालबीचको सम्बन्ध थप बिग्रेको थियो।

    पाण्डे र भुसालले मंगलबारमात्रै स्पष्टीकरण बुझाएका थिए ।

    प्रतिक्रिया दिनुहोस


    नयाँ