२०७८ बैशाख ७, मंगलबार | Tue, 20, Apr, 2021

म्यानमारमा सैन्य ‘कू’ : सेनाको गोली लागेर ४३ जना बालबालिका मारिए

  • २०७७ चैत्र २०, शुक्रबार मा प्रकाशित २ हफ्ता अघि
  • म्यानमारमा भएको सैनिक ‘कू’ यता हालसम्म ४३ जनाभन्दा धेरै बालबालिकाको मृत्यु भएको छ । सेनाले सत्ता हातमा लिएर संकटकाल घोषणा गरेसँगै भएका हिंसात्मक प्रदर्शनमा सेनाको गोली लागेर ती बालबालिकाको ज्यान गएको ‘सेभ द चिल्ड्रेन’ले जनाएको छ ।

    त्यहाँ मर्ने बच्चाहरू मध्ये एक ६ वर्षिया बालिका रहेकी र उनी सबै भन्दा कान्छी रहेको बीबीसीले जनाएको छ ।फेब्रुअरी १ मा सेनाले सत्ता हातमा लिएसँगै म्यानमारमा हिंसात्मक प्रदर्शन हुँदै आएको छ ।

    सैन्य ‘कू’विरुद्ध सडक प्रदर्शन गर्ने म्यानमारका सरवसाधारणको घरमै गएर सेनाले मनपरी आक्रमण गरिरहेको र त्यसको चपेटमा बालबालिका परिरहेको सेभ द चिल्ड्रेन को भनाइलाई उदृत गर्दै बीबीसीले जनाएको छ । यस्तै म्यानमारमा सेनाको गोली लागेर घाइते भएका बालबालिकाको संख्या पनि उल्लेख्य रहेको छ ।

    सेभ द चिल्ड्रेनका अनुसार १३ वर्षीय बालकलाई घरभित्रै गएर गोली हानेर हत्या गरेको, ९ महिनाकी बालिकालाई आँखामा गोली लागेको र बालबालिकाहरु त्रासैत्रासमा बाच्नुपरेको जनाएको छ । उसले पछिल्लो घटनाक्रमले म्यानमार बालबालिकाका लागि सुरक्षित नरहेको समेत निष्कर्ष निकालेको छ ।

    प्रतिक्रिया दिनुहोस


    नयाँ