२०७८ बैशाख ७, मंगलबार | Tue, 20, Apr, 2021

नेविसंघको कृष्ण बैजनाथ बहुमुखी क्याम्पसलाई ध्यानाकर्षणपत्र

  • २०७७ चैत्र २२, आईतबार मा प्रकाशित २ हफ्ता अघि
  • राजेश भुल-नेपाल विद्यार्थी संघले कृष्ण बैजनाथ बहुमुखी क्याम्पस झलारीलाई आइतवार ध्यानाकर्षणपत्र बुझाएको छ । क्याम्पस सञ्चालन समितिको म्याद झण्डै २ वर्ष अगाडी नै सकिएको भएपनि हालसम्म नयाँ समिति नबनेको भन्दै ध्यानाकर्षणपत्र बुझाइएको नेपाल विद्यार्थी संघ बैजनाथ बहुमुखी क्याम्पस झलारीका अध्यक्ष जनकराज जोशीले जानकारी दिए ।

    अवैध रुपमा भइरहेको क्याम्पस सञ्चालनले क्याम्पस र विद्यार्थीहरु माथी प्रत्यक्ष प्रभाव पर्न गएको कारण नेपाल विद्यार्थी संघको घोर आपत्ती सहित गम्भिर रुपले ध्यान गएको उक्त बुझाइएको ध्यानाकर्षणपत्रका भनिएको छ ।

    म्याद नाघिसकेको अखाद्य वस्तुले मानव जिवनमा असर पारे झै समय अवधी नाघिसक्दा पनि नयाँ समिति चयन हुन नसक्नु लज्जास्पद कुरा भएको नेपाल विद्यार्थी संघ झलारीका अध्यक्ष  जनकराज जोशीद्धारा हस्ताक्षरित ध्यानाकर्षणपत्रमा उल्लेख गरिएको छ ।

    साथै प्रशासनले प्रभावकारी कमद चाली उपयुक्त निर्णयमा नपुगे नेपाल विद्यार्थी संघ कडा कदम चाल्न बाध्य हुने ध्यानाकर्षणपत्रमा भनिएको छ । साथै पर्न जाने सम्पूर्ण क्षतीको जिम्मेवार स्वयं क्याम्पस प्रशासन हुने उक्त जनकराज जोशीद्धारा हस्ताक्षरित ध्यानाकर्षणपत्रमा उल्लेख गरिएको छ ।

    No description available.

    प्रतिक्रिया दिनुहोस


    नयाँ