२०७८ बैशाख ७, मंगलबार | Tue, 20, Apr, 2021

वैशाखामा हुने टी–ट्वान्टी त्रिकोणात्मक सिरिज हेर्न टिकट दर निर्धारण

  • २०७७ चैत्र २४, मंगलबार मा प्रकाशित १ हफ्ता अघि
  • नेपाल, मलेसिया र नेदरल्यान्ड्सबीच वैशाखमा हुने टी–ट्वान्टी त्रिकोणात्मक सिरिजका लागि नेपाल क्रिकेट संघ ९क्यान० ले टिकट मूल्य तोकेको छ।

    क्यानले त्रिकोणात्मक सिरिज हेर्न प्रतिदर्शक १ सय ५० रुपैयाँ टिकट दर तोकेको हो।

    सिरिज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वैशाख ४ देखि ११ गतेसम्म हुनेछ। खेल दिउँसो २स्१५ देखि ५स्१५ सम्म हुनेछ। डबल लिगका आधारमा हुने खेलमा शीर्ष दुई टोलीले फाइनल खेल्नेछन्।

    नेपालले १४ महिनापछि सिरिज खेल्न लागेको हो। यसअघि नेपालले गत वर्ष माघमा घरेलु मैदानमा ओमान र अमेरिकासँग आईसीसी विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय त्रिकोणात्मक सिरिज खेलेको थियो।

    प्रतिक्रिया दिनुहोस


    नयाँ