२०७८ बैशाख ३०, बिहिबार | Thu, 13, May, 2021

वैद्य माओवादीले दुई महिने अभियान चलाउने

  • २०७७ चैत्र ३१, मंगलबार मा प्रकाशित १ महिना अघि
  • मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले दुई महिने अभियानात्मक कार्यक्रम सञ्चालन गर्ने भएको छ । सो पार्टीको चैत २८ र २९ गते बसेको पोलिटब्युरो बैठकले सङ्गठन र सङ्घर्षसम्बन्धी कामबारे वैशाख र जेठ महिनामा दुई महिने अभियानात्मक कार्यक्रम सञ्चालन गर्ने निर्णय लिइएको महासचिव वैद्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    बैठकले संयुक्त मोर्चा तथा कार्यगत एकतामा सम्मिलित राजनीतिक दलहरूद्वारा सङ्घर्षका कार्यक्रमहरु सञ्चालन गर्नका लागि आवश्यक पहल गर्ने,सबै प्रदेशहरूमा पार्टीको प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने, एमसीसीको विरोध गर्नेलगायतका निर्णय पनि गरेको छ ।

    प्रतिक्रिया दिनुहोस


    नयाँ